Logo
Logo

उपनिर्वाचनका उम्मेदवारलाई टिकट दिने जिम्मेवारी देउवालाई


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारलाई टिकट दिने जिम्मा सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ ।

मंगलबार बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनका उम्मेदवारलाई औपचारिक टिकट दिने जिम्मेवारी देउवालाई दिएको हो ।

बैशाख १छ गते इलाम–२ र बझाङको प्रदेश सभा १ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै बैठकले उप–निर्वाचनका लागि दल दर्ताको जिम्मेवारी पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्