
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले बिहीबार बिहान ९ बजेका लागि संसद भवनस्थित ल्होत्से हलमा बैठक बोलाएको हो ।
सत्ता गठबन्धनबाट बाहिरिएर प्रतिपक्षमा पुगेको कांग्रेसले संसदीय दलको बैठकमा समसमायिक राजनीति तथा भोलि हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको सचेतक सुशीला थिङले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।














