काठमाडौं, १० चैत ।
सरकारले मंगलबारदेखि देश नै लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने निर्णय भएको हो ।

एक साताका लागि लकडाउनको निर्णय भएको छ । मंगलबार बिहान ६ बजेदेखि निर्णय लागू हुने छ ।
लकडाउनको अवधिमा पनि औषधी र खाद्य पदार्थ भने खरिदका लागि अनुमति हुने सरकारले जनाएको छ । त्यस्तै अत्याबश्यक अवस्थामा अनुमति लिएर सवारी साधन लैजान दिन लागिएको छ ।












