
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर–१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे । उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको पार्थिव शरिर अहिले बिहान कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।
६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नं. १ को अध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडा अध्यक्ष विहिन भएका छन् ।
गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामराजा अधिकारीको बैशाख १० गते निधन भएको भएको थियो ।














