काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैं राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिएका छन् ।
गौरवमय इतिहास रहेको नेपाली सेनाको २६१औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली सेना स्थापनाकालदेखि नै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा राष्ट्रिय एकताकोरक्षार्थ क्रियाशील रही आएको बताए ।

नेपाली सेनाका परमाधिपति पौडेलले सन्देशमा भनिएको छ, ‘संविधान प्रदत्त जिम्मेवारीका साथ अन्य जिम्मेवारीहरू पनि उत्कृष्ट ढङ्गले सम्पादन गर्दै आएको छ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्तिस्थापना कार्यमा पु¥याउदै आएको योगदानकोख प्रशंसा गर्न चाहन्छु ।’
राष्ट्रपतिले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माण लगायतकाविविध क्षेत्रहरूमा नेपाली सेनाको सहभागिता सम्पूर्ण नेपाली जनता तथा नेपाल सरकारको लागि भरोसाको केन्द्रको रूपमा स्थापित छ ।














