Logo
Logo

कोरोनाबाट अमेरिकामा नेपालीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ चैत ।
विश्वव्यापी फेलिएको कोरोनाबाट अमेरिकाको न्यूयोर्कमा एक नेपालीको मृत्यु भएको छ । पाँचथर रानीगाउँका ५० वर्षीय अनिल लिम्बुको मृत्यु भएको हो । उनी एक सातादेखि अस्पतालमा उपचाररत थिए ।


नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले लिम्बुको मृत्यु कोरोनाकै कारण भएको बताए । अमेरिकामा कोरोना संक्रमणबाट ५८२ जनाको मृत्यु भइसकेको छ ।
१ मार्च देखि अमेरिकामा कोरोनाको संक्रमण देखिएको थियो । छोटो अवधिमै अमेरिकामा ४६ हजार बढीमा संक्रमण देखिसकेको छ । त्यस मध्ये एक हजार बढी गम्भीर बिरामी छन् ।
बेलायतमा बस्दै आएका एक नेपालीले पनि कोरोनाबाट ज्यान गुमाइसकेका छन् । नेपालमा पनि एक जनालाई संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्