Logo
Logo

सुन तस्करीमा जोडिएका ८ जना भारतीय पक्राउ


1.8k
Shares

काठमाडौं । सुन तस्करीमा जोडिएको आशंकामा ८ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागले गत १८ फागुनमै भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । तस्करी भई आएको सुन भारतसम्म पुर्‍याउने गिरोहमध्येका ८ जनालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ गरिएको विषयमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले पनि पुष्टि गरेका छन्।

काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने बर्ष ४४ का अमिरूदिनले भाडामा लिएको र सो घरमा बसेका उनीहरुलाई विभागको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू दिल्ली पश्चिम बिहार घर भएका बर्ष २३ का धुब्र शर्मा, दिल्ली कृष्ण बिहार घर भएका बर्ष २५ का प्रिन्स शर्मा, दिल्ली पश्चिम घर भएका बर्ष २२ का रोहित कश्यप, दिल्ली रोहिना ११००८५ ब्लक घर भएका बर्ष २३ दिपान्सु शर्मा लगायतका रहेका छन् ।

विभागले उनीहरूको मोबाइल लगायतका सामाग्रीहरू परीक्षणका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्