
काठमाडौं । नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा विजयी भएका छन् । आठौँ अधिवेसनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी कृष्ण बहादुर नेपालीलाई ७५ मत अन्तरले पराजित गर्दै अध्यक्षमा थापा विजयी भएका हुन् ।
थापाले २८० ात पाउँदा नेपालीले २०५ मत प्राप्त गरे । उपाध्यक्षमा थापा प्यानलका मेन बहादुर अधिकारी १४९ मतले विजयी भएका छन् । विजयी अधिकारीले २७१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कमल दानीले १२१ मत ल्याए । उपाध्यक्षका अर्का उम्मेदार कृष्ण काप्रीले ७१ मत पाए ।
सचिवमा थापा प्यानलका काजीराम रोकाले ३५३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र देवकोटाले १०५ मत ल्याए । उपसचिव खुलातर्फ थापा प्यानलका मनोज कुमार जोशी २६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी विष्णु पन्तले ११४ मत प्राप्त गरे। त्यस्तै उपसचिवका उम्मेदार सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गरे।
उपसचिव महिलामा शान्ता चापागाईँ ३२० मत पाएर विजयी हुँदा नानु थापा मगरले १५० मत पाइन्। निर्वाचनमा विभिन्न कलष्टर गरी जम्मा ६०६ जना प्रतिनिधिमा ५०९ मत खसेको थियो। निर्वाचित पदाधिकारी तथा सदस्य सबै पृथ्वीसुब्बा गुरुङ प्यानलका हुन् ।














