Logo
Logo

हिजो जनयुद्धमा दाइ हिँडिरहेको छ, तँ हिँड्न पाउँदैनस् कसैले किन भनेन ?


1.5k
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका सांसद नारायण दाहालले आफू अध्यक्षमा निर्वाचित भएपछि आफ्ना काम कारबाहीमा पार्टीको ह्याङओभर नदेखिने बताएका छन् ।

सोमबार उम्मेदवारी दर्तापछि ससद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै विगतमा पार्टीमा लागेकाले जिम्मेवारी पुरा गरेपनि अब राष्ट्रिय सभामा राष्ट्रिय सभाको गरिमा बचाउने गरी काम गर्नमा केन्द्रित हुने बताएका हुन् ।

‘राष्ट्रिय सभामा पार्टीको ह्याङओभर देखिँदैन । राष्ट्रिय सभाको मर्यादा र गरिमालाई ख्याल गरेर कामकारबाही र गतिविधि गर्नुपर्छ भन्ने मेरो बुझाई हो, ’ उनले भने, ‘पार्टीका छाया आउनु भएन । कामकारबाही, अभिव्यक्ति र व्यवहारमा फरक हुन्छ ।’

साथै उनले आफूलाई माओवादी अध्यक्ष प्रचण्डको भाइ भएको नाताले मात्र हेर्ने दृष्टिकोण सही नभएको बताए । ‘यो कुरा सुन्दा मेरो कान नै पाकिसके । अहिले दाजुभाइको नाता पर्ने हिसाबले हुन्न भन्नेहरुले हिजो म युद्धमा हिँड्दा दाई हिँडिरहेको छ त हिँड्न पाउँदैन किन कसैले भनेन ?,’ उनले प्रश्न गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्