Logo
Logo

निगमको जहाजले ल्याउन नमानेपछि हिमालय एयरलाइन्सबाट आउँदै बझाङका दीपकबहादुर धामी


1.8k
Shares

काठमाडौं । नेपाल एयरलाइन्सले मलेसियाबाट नेपाल ल्याउन नमानेको बिरामी बझाङ्गका दीपकबहादुर धामी आज हिमालयन एयरलाइन्सबाट काठमाडौं आउँदै छन् ।

सबै प्रकृया मिलाएर विमानस्थल जाँदा पनि नेपाल एयरलाइन्सका कर्मचारीले पिडितलाई यो वा त्यो बहानामा तीनपटक कुरुवा र बिरामीको टिकट किन्दै विमान स्थल पुगेका बिरामी र उनको सहयोगीलाई मलेसियाको विमानस्थलबाट फिर्ता पठाएको थियो ।
रोजगारीको लागि १९ महिनाअघि मलेसिया पुगेकाका बझाङ केदास्युँ गाउँपालिका वडा नं ७ का ३२ वर्षका धामी केही समय अघिदेखि मानसिक बिरामीका कारण अस्वस्थ भएका छन् ।

उनी नेपाल फर्किन नेपाल एयरलाइन्सको टिकट काटेर बोर्डिङ पास भइसकेको अबस्थामा समेत मलेसिया विमान स्थलमा खटिएका नेपाल एयरलाइन्सका कर्मचारीले बिरामी भएकोले नेपाल लैजान मेडिकल रिपोर्ट फिट टु फ्लाई चाहिने भनेर फर्काएका थिए ।

अर्को दिन मेडिकल रिपोर्ट फिट टू फ्लाई बनाएर विमानस्थल पुगेका उनीहरूलाई फेरि थप कागज आवश्यक पर्ने भनेर फर्काएका थिए । त्यसैगरी तेस्रोपटक टिकट किनेर जाँदा कर्मचारीले कसरी बिरामी भएको सुरुदेखिको मेडिकल रिपोर्ट आवश्यक पर्ने तत्पश्चात विशेष व्यवस्था गरेरमात्र लान सकिने जवाफ दिएका थिए ।

सबै प्रक्रियामा मलेसियास्थित नेपाली दूतावासको प्रत्यक्ष सहयोग रहेको थियो भने नेपाल रिटर्नी एशोसियसनका अध्यक्ष प्रविन पौडेलको विशेष पहल रहेको एशोसियसनका अध्यक्ष प्रविन पौडेलले जानकारी गराएका थिए ।

सबै प्रकृया पूरा गरेर बोर्डिङ पास भइसकेको बिरामीलाई स्वदेश फर्काउन राजदूत डिल्लीराम पौडेल स्वयंले लिखित र मौखिकरूपमा विशेष आग्रह गर्दासमेत नेपाल वायुसेवा निगमका कर्मचारीले वेवास्था गरेर अमानवीय व्यवहार गरेको बताएका छन् ।

राष्ट्रिय ध्वाजावाहक नेपाल एयरलाइन्स भएकोले पहिलो प्राथमिकतामा राखेर अनेकौंपटक अनुरोध गर्दा समेत मलेसिया विमानस्थलमा खटिएका कर्मचारी नै आफै चिकित्सकको जस्तो व्यवहार गरेको र उनीहरूले माग पूरा गर्न असम्भवजस्तै भइसकेपछि हिमालयन एयरलाइन्सका कर्मचारीसँग भएको कागजपत्रबाट उनी आज हिमालयन एयरलाइन्सबाट काठमाडौं आउन लागेको एशोसिएनका अध्यक्ष प्रविन पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्