Logo
Logo

सांसद सापकोटालाई हटाएको भन्दै जनमतले लेख्यो संसद सचिवालयलाई पत्र


1.7k
Shares

काठमाडौं । जनमत पार्टीले सांसद गोमा सापकोटालाई कारबाही गरेको भन्दै संसद सचिवालयमा पत्र पठाएको छ । पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने र सफाइ पेश गर्ने लगायतका आन्तरिक कारबाही पूरा गरेर सांसद सापकोटा पार्टीबाट निकालिएको भन्दै जनमत पार्टीको संसदीय दलले फागुन २७ गते संसद सचिवालयमा पत्र पठाएको हो ।

पत्र अनुसार सापकोटा पार्टीको कारबाहीमा परेको सूचना संसदमा जानकारी गराएको खण्डमा सांसद पद रिक्त हुन्छ । यस सम्बन्धमा संसद सचिवालयले निर्णय लिइसकेको छैन । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सचिवालय प्राप्त पत्रमाथि अध्ययन भइरहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्