Logo
Logo

कांग्रेसलाई ओलीको प्रश्न- उस्तै अवस्थामा पोहोर समर्थन गर्न मिल्ने, अहिले किन नगर्ने ?


756
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अनुरोध गरेका छन् । जारी संसद बैठकमा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनुपर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै कांग्रेसले समर्थन गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनुको कारणबारे भनेका कुरा चित्तबुझ्दा छन् । म समर्थनबाट सुरु गर्छु । पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’

उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने भन्दै ओलीले प्रश्न गरे । उनले भने, ‘पोहोर पनि नेपाली कांग्रेस त्यतिबेला सरकारमा थिएन । भित्रभित्रै के थियो थाहा छैन । तर समर्थन गरेको थियो । अहिले पनि गर्दा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्