Logo
Logo

लघुवित्त पीडितलाई अर्थमन्त्रीले वार्तामा बोलाए


252
Shares

काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त पीडितलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुनले लघु पीडित संघर्ष समितिका प्रतिनिधिलाई आज शुक्रबार दिउँसो वार्ताका लागि मन्त्रालय बोलाएका हुन् ।

मन्त्रालयका सहसहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिसँग वार्ता गर्ने अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

उक्त समितिमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । अर्थमन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणिलाई घरमा गएर गैरकानुनी रुपमा बलजफती नगर्न लघुवित्त सञ्चालकलाई समेत अर्थ मन्त्रालयले निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्