दाङ । नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले २०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
बिहीबार प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको आयोजना पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीली यस्तो दावी गरेका हुन् ।
२०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने उद्देश्यका साथ एमालेले माओवादीसँग सहकार्य गरेको उनको भनाइ थियो ।
उनले भने, ‘हामी २०८४ मा हुने चुनावमा एकल बहुमत ल्याउँछौँ । सोही उद्देश्यका साथ जनताका काम गर्न माओवादीसँग मिलेर सरकारमा गएका हौँ ।’

उनले सरकारका माध्यमबाट जनताका पक्षमा काम गर्ने र आगामी निर्वाचनमा एकल बहुमत ल्याउने बताए ।














