Logo
Logo

नेसपाको विवाद उत्कर्षमा, बाबुरामले बोलाएको बैठक महिन्द्र पक्षले बहिस्कार गर्ने


1.4k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)भित्र उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने विषयमा उत्पन्न विवाद यहि चैत ४ र ५ गते बस्ने बैठकका विषयमा पुगेरदेखिएको हो ।

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले चैत ४ केन्द्रीय कार्यकारिणी समिति बैठक र ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । तर, अर्का अध्यक्ष महिन्द्र राय यादवले आफुसँग सल्लाह नै नगरी बैठक बोलाएको भन्दै विरोध गरेका हुन् । बिहीबार नेसपाका महासचिव रमेशप्रसाद यादवले भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको विज्ञप्ति जारी गरेर जानकारी गरेका छन् ।

‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्