काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ ।
बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

यसअघि माओवादीले फागुन २८ गतेलाई बोलाएको स्थायी समिति बैठक स्थगित गरेको थियो । त्यसपछि बैठक आज बस्न लागेको हो ।
आजको बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।














