
काठमाडौं । चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा बसमा सवार भारतको बिहार मोतिहारीका ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा ट्रक चालकसहित ४ जना घाइते भएका छन् ।
चितवन प्रहरीका अनुसार ट्रकका चालक वीरगञ्जका ३३ वर्षीय हाकिम मिया, सर्लाहीकी पूजा गुप्ता, भारतकी रिता गुप्ता र भारतकै अम्बर कुमार घाइते भएका छन् । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














