Logo
Logo

लम्जुङका सिडिओ दुई महिनामै मन्त्रालय तानिए


3.2k
Shares

काठमाडौं । लम्जुङका सिडियो सुन तस्करीमा उमाकान्त अधिकारीलाई फिर्ता बोलाइएको छ । सुनको अवैध पैठारी तस्करीबारे अनुसन्धान गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगले अधिकारीलाई निगरानीमा राख्न सिफारिस गरेपछि दुई महिनामै उनलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको हो ।

मन्त्रालयमा सूचना अधिकारीका रुपमा रहेका अधिकारी गत माघमा लम्जुङको प्रमुख जिल्ला अधिकारी भएर सरुवा भएका थिए । मन्त्रालयमा रहँदा सुन तस्करीमा संलग्न भनिएका व्यक्तिहरुसँग दोहोरो सम्पर्क रहेको भन्दै उनलाई सरुवा गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

‘गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत काम गरिसकेका उपसचिव अधिकारीलाई राज्यले निगरानीमा राख्नु पर्ने भनेर जाँचबुझ आयोगले सिफारिस गरेको छ’, गृह स्रोतले भन्यो, ‘अधिकारीको पनि सुन तस्करहरूसँग सम्पर्क भएको, दोहोरो संवाद भएको पाइएकाले मन्त्रालय बोलाइएको हो ।’

प्रतिक्रिया दिनुहोस्