काठमाडौं । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा मध्यरातमा बरामद गरेको छ । आज बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदीको किनाराबाट गाँजा बरामद गरेको हो ।
५–६ जना व्यक्तिले डुंगाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको सुरक्षा बेस चतराले जनाएको छ ।

रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ ।














