Logo
Logo

दुर्गा प्रसाईंका बडीगार्ड रिहाइको माग गर्दै दायर रिट न्यायाधीश सुवेदीको इजलासमा


1.4k
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना अंगरक्षक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जनाकै परिवारले सर्वोच्च अदालतमा दायर गरेका बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश शारंगा सुवेदीको एकल इजलासमा पेशी तोकिएको हो ।

सोमबार प्रसाईंको रिटमाथि सुनुवाइ भएकाले उनीसहित उनका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए । खड्काका नाममा लाइसेन्स जारी भएको अत्याधुनिक मेसिन गन धिमालका साथबाट बरामद भएको थियो ।

उनीहरुलाई मंगलबार जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । मंगलबारै रिया राजवंशी धिमाल र शान्ता खड्काले बन्दी प्रत्यक्षीकरणको रिट हालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्