Logo
Logo

पर्सामा सेनाको गोलीबाट एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

126
Shares

वीरगन्ज, १४ चैत ।

पर्सामा सेनाले चलाएको गोलीबाट एकको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान हुँदा एक जनाको ज्यान गएको छ। गोली हानाहानमा गोली लागेर सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते गम्भीर घाइते भएका छन्। मृतक तस्करको भने सनाखत हुन सकेको छैन्।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठका अनुसार निकुन्जको भित्रि जंगलमा शुक्रबार बिहान साढे ९ बजेतिर बन्दोवस्तीका सामानसहित रहेका वन्यजन्तु चोरी शिकारी गर्ने तस्करहरुको समूह र सेनाबीच गोली हानाहान भएको हो।
उनलाई उचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको निकुन्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अमिर महर्जनले जानकारी दिए। सेनाले एक जना तस्करलाई पक्राउ पनि गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ रहेका छन्। उनलाई बाराको आधाभारस्थित सेनाको हिरासतमा राखिएको महर्जनले जानकारी दिए।
लकडाउनको अवस्थामा उनीहरु सिकार खेल्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्