Logo
Logo

पदाधिकारी नै भ्रष्टाचारमा लिप्त भएको भन्दै शर्माले छाडे माओवादी


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले राजीनामा दिएका छन् । संविधान सभा सदस्य समेत रहेका शर्माले  माओवादीका पदाधिकारी तहका नेताहरू नै भ्रष्टाचार, तस्करी लगायत काण्डमा मुछिएको भन्दै राजीनामा दिएका हुन् ।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा १७ हजारको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने काम भएकाले आफूले माओवादी छाडेको बताएका छन्।

द्वन्द्वकालमा आफैले उठाएको मुद्दाबाट माओवादी च्यूत हुँदै गएको र माओवादी पार्टी,  पार्टी नभएर गुटै गुटका महासंघमा रुपान्तरण भएकाले पार्टी छाड्नु परेको शर्माको निष्कर्ष छ।

त्यस्तै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा जति नै गरे पनि जनादेश विपरीत विदेशी शक्तिको आड भरोसामा सरकारमा रहनकै लागि पटक–पटक गठबन्धन फेरिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा जति नै गरे पनि जनादेश विपरीत विदेशी शक्तिको आड भरोसामा सरकारमा रहनकै लागि पटक–पटक गठबन्धन फेरिरहनु र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अनन्त अँध्यारो दिशातर्फ धकेलेको कारण यस्तो अवस्थामा पार्टीमा बसिरहन नैतिकताले दिएन । त्यसैले आजकै मितिबाट माओवादी केन्द्रबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया दिनुहोस्