Logo
Logo

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?


756
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (आज) छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८ सय कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय कायम गरेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ६ सय मूल्यमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य आज प्रतितोला एक हजार पाँच सय ५५ सयमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्