Logo
Logo

महरालाई छाड्न सीआईबीले माग्यो स्वीकृति


1.1k
Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कृष्णबहादुर महरालाई हाजिर जमानीमा रिहा गर्न सरकारी वकिलसँग स्वीकृति मागेको छ ।

स्वास्थ्य अवस्था कमजोर रहेका कारण हाजिर जमानीमा छाड्न महरामाथि अनुसन्धान गरिरहेको सीआईबीका डीएसपी सुन्दर तिवारी नेतृत्वको टिमले जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीसँग स्वीकृति मागेका हुन् ।

जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले सो मुद्दा हेरिरहेका छन् । कटुवालले स्वीकृति दिएमा महरा हाजिर जमानीमा छुटछन् । २०७९ पुस १० मा चिनियाँ नागरिकले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनमा महरा संलग्न भएको आशंकामा सीआईबीका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेपछि महरालाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ । उनका छोरा राहुल पनि यसै प्रकरणमा पुर्पक्षका लागि हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्