काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असत्यमाथि सत्यको जित भएको अवसरमा मनाइने रंगीन होली पर्वले आपसी सद्भाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास गर्न सहयोग पुग्ने बताएका छन् ।
होली पर्वका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न तथा राष्ट्रिय एकता निर्माण एवं सामाजिक सद्भाव अभिवृद्धि गर्न यो पर्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनले शुभकाकमना सन्देशमा भनेका छन्, ‘सामाजिक न्याय र समानता सहितको समुन्नत नेपाल निर्माण गर्ने र मुलुकलाई समाजवाद उन्मुख दिशातर्फ अग्रसर गराउन फागु पूर्णिमाले सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’














