Logo
Logo

ललितपुर ग्याङ फाइट : पुरानो रिसिईबीका कारण दुई युवाको हत्या


6.2k
Shares

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या पुरानो रिसिईबीका कारण भएको खुलेको छ ।

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा आइतबार राति ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोबस राई छन् ।

उनीहरूलाई करिब राति ११ बजेतिर पाटन अस्पताल पु¥याइएको थियो । त्यसपछि अस्पतालले खबर गरेपछि मात्रै प्रहरीले घटनाबारे थाहा पाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए ।

घटनामा संलग्नहरूको खोजीका लागि त्यही राति नै प्रहरी परिचालन भएको थियो । प्रहरीले सिसिटिभी फुटेजहरू केलाएर १८ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

छुरा प्रहारबाट एक जनाको तिघ्रा र एक जनाको छातीमा चोट देखिएको छ । अहिले उक्त छुरी पनि बरामद गरिएको प्रहरीले जनाएको छ । अहिले दुवै मृतकको शव पाटन अस्पतालमा राखिएको छ ।

यस्तै घटनामा संलग्न व्यक्तिहरू मदिराले लट्ठिएको अवस्थामा पक्राउ परेको एसएसपी खनालले बताए । मापसे गरेका दुई ग्याङबीच पुरानो रिसिइबी रहेको प्रहरी स्रोत बताउँछ । यसबारे पनि थप सोधपुछ भइरहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्