Logo
Logo

कर्णाली नदीमा बेपत्ता युवा अझै भेटिएनन्, मदिराको तालमा हाम फालेको खुलासा


1.1k
Shares

कैलाली । कर्णाली नदीमा  हाम फालेका युवा अझै फेला पर्न सकेका छैनन् । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेपछि ती युवा नदीमा बगेर बेपत्ता भएका थिए ।

सोमबार दिउँसो पुलबाट हाम फालेका लम्की–चुहा नगरपालिका–३, बस्ने ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन् । उनको खोजीका लागि गोताखोरको टोली परिचालन भएको छ । मङ्गलवार बेलुकीसम्म शाही नभेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ । 

सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही नदीमा बगेर बेपत्ता भएका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शरीरको माथिल्लो भागको लुगा फुकालेर पुलमा गइरहेका उनीहरूलाई प्रहरीले पुलवारि रोक्न खोजेको थियो । तर, पुलमा सामूहिक फोटो खिच्ने भन्दै उनीहरू जबर्जस्ती गएका थिए ।

प्रतिक्रिया दिनुहोस्