
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअघि सुरु भएको हो । बैठकमा वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल भइरहेको माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
इलाम–२ को उपनिर्वाचनमा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ भने रास्वपा पनि उम्मेदवारबारे छलफलमा छ । यहीबीचमा माओवादी केन्द्रले पनि पदाधिकारी बैठकमार्फत आफ्नै उम्मेद्वार टुङ्ग्याउने तयारी गरेको हो ।














