काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् । सहकारीलगायतका विषयमा छलफलका लागि समितिको बोलावटअनुसार उनी बुधबारको बैठकमा उपस्थित भएका हुन् ।
बैठकमा समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री लामिछाने सहभागी भएपछि छलफल सुरु गरेका थिए । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ ।















