Logo
Logo

नवलपरासीबाट गगन थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा


441
Shares

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दोस्रो चरणको संवाद यात्रा आजदेखि नवलपरासीको गौरीगञ्जबाट सुरु गरेका छन् । बिहीबार बिहान बिपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले संवाद यात्रा सुरु गरेका हुन् ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा बिहीबार, शुक्रबार र शनिबार नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले जानकारी दिए ।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरूका समस्याहरू सुन्ने गरेका छन् । यात्राका क्रममा आफूले बोल्नेभन्दा स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने उनले बताए ।
थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगन्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ ।

त्यस्तै, १७ गते बिहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने यात्रा जङ्ग्रहवा हुँदै बाँके प्रस्थान गर्ने तालिका छ । बाँकेमा उनले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुहुने र फत्तेपुरमा जनसंवाद गर्ने बताइएको छ । समुदायमा कांग्रेस अभियान अन्तर्गत महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्