काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले चैत २० गतेका लागि कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार दिउँसो २ बजे बैठक बूढानीलकण्ठस्थित देउवा निवास बस्ने कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए ।

कांग्रेस विधानअनुसार तत्काल केन्द्रीय समिति बैठक बस्न नसक्ने बेला केन्द्रीय समितिले गर्ने काम कार्यसम्पादन समितिबाट गर्न सकिन्छ । तर, निर्णय भनेपछि केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ ।
बूढानिलकण्ठमा कार्यसम्पादनलगत्तै संसदीय बोर्ड बैठक गरेर इलाम–२ र बझाङको प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनलाई पार्टीबाट उम्मेदवार तय गर्ने तयारी सभापति देउवाको छ ।
इलाम २ बाट ७ जना र बझाङ १ को प्रदेशसभा १ बाट १० जना आकांक्षीका नाम केन्द्रीय कार्यालयमा आएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ ।














