Logo
Logo

हिमालयशम्सेरलाई पत्नीशोक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ चैत । बरिष्ठ अर्थविद् तथा नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयशम्सेर जबरालाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी विजयालक्ष्मी राणाको आज दिउँसो १२ः४५ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । दिवंगत राणा लामो समयदेखि अस्वस्थ्य भई उपचारत हुनुहुन्थ्यो । उहाँ ८२ वर्षकी हुनुहुन्थ्यो ।
दिवंगत राणाकी दुई छोरा र दुई छोरी छन् । छोराहरु अशोक शम्सेर जबरा (कार्यकारी प्रमुख हिमालय बैंक) र अमर शम्सेर जबरा छन् । त्यस्तै, छोरीहरु प्रतिमा पाण्डे र संगीता थापा रहेका छन् ।
दिवंगत राणाको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि थापाथलीस्थित निवासमा राखिएको छ । उहाँको आजै ५ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । शोकको यस घडीमा दृष्टि परिवार दिवंगतप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै, शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गदर्छ ।

प्रतिक्रिया दिनुहोस्