Logo
Logo

राष्ट्र बैंकको १७औँ गर्भनरमा महाप्रसाद अधिकारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकको गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार दउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो । सरकारको निर्णयसँगै अधिकारी राष्ट्र बैंकको १७औँ गभर्नर भएका छन् ।
गभर्नर छनाट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त गरेको हो । यसअघि गर्भनर सिफारिस समितिले अधिकारीसहित पूर्वअर्थसचिव डा. राजन खनाल र चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले ९ चैतमा अर्थमन्त्री डा. खतिवडाको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटा रहेका थिए ।
साथै, सोमबार बनेको मन्त्रिपरिषद बैठकले लकडाउन एक साता थप्ने निर्णय गरेको छ । पहिलोपटक चैत ११ गते कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देश लकडाउन गर्ने निर्णय गरेको थियो । यससँगै लकडाउन अवधि दोस्रोपटक थपिएको हो ।

प्रतिक्रिया दिनुहोस्