Logo
Logo

कोरोना कहर : एक साता थपियो ‘लकडाउन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत । सरकारले थप एक साता लकडाउन लम्ब्याएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले ३ बैशाखसम्म लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो ।
यसअघि सरकारले पहिलोपटक ११ चैतदेखि १८ गतेसम्म लकडाउन गरेको थियो । पहिलो चरणको लकडाउनपछि पुनः चैत राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो । योसँगै लकडाउनको समय थपेको सरकारले दोस्रोपटक हो । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा नेपाल सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन साथै सबै किसिमका सर्तकता अपनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्