Logo
Logo

डिआईजीका १० सिटमा मारामार


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २७ चैत ।
नेपाल प्रहरीमा डिआईजीको दरबन्दी कटौती भएलगत्तै बढुवा प्रक्रिया सुरु भएको छ । गृह मन्त्रालयमा बढुवाबारे छलफल सुरु भएको छ ।
सरकारले नेपाल प्रहरीमा डिआईजीका १२ दरबन्दी कटौती गरेको हो । अब प्रशासनतर्फ डिआईजीका १४ दरबन्दी हुनेछन् । हाल प्रहरीमा चार डिआईजी छन् ।


बाँकी १० पदमा तीन दर्जन डिआईजीको प्रतिस्पर्धा छ । सिनियर र जुनियर गरेर दुई ब्याचका डिआईजीबीच प्रतिस्पर्धा हुने भएको छ । सिट संख्या घटेपछि बढुवामा टक्कर सुरु भएको हो ।
सिनियर टोलीबाट घनश्याम अर्याल पहिलो नम्बरमा छन् । त्यस्तै, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र देवबहादुर बोहरामध्ये यो ब्याचबाट पाँच जना मात्र पर्ने सम्भावना छ । सोही ब्याचका रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठको सम्भावना कम छ ।

जुनियर ब्याचबाट धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, दिवेश लोहनी, रवीन्द्र बहादुर धानुक, सहकुल बहादुर थापा र अरुणकुमार बिसि समेत डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । यही ब्याचका विश्वराज पोखरेल सिनियर टोलीलाई उछिनेर सत्ताको आडमा यसअघि नै डिआईजीमा बढुवा भइसकेका छन् । त्यस्तै सुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, बिक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र नरबहादुर खत्री दौडधुपमा लागेका छन् ।

प्रहरीमा बढुवामा कार्यक्षमता र इमान्दारीताभन्दा आफु निकट व्यक्तिलाई हेर्ने गरिन्छ । यसपटकको डिआईजी बढुवामा पनि प्रधानमन्त्री केपी ओली निकट अधिकृतहरु पर्ने र केही व्यवसायिक प्रहरी अधिकारी छुट्ने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्