Logo
Logo

सेनाको स्काई ट्रकबाट आरटीपीसीआर मेसिन धनगढीमा


वीरेन्द्रा रावल


  • वीरेन्द्रा रावल

धनगढी, २७ चैत । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको पहलमा कोरोना परीक्षण प्रयोगशालाका लागि आवश्यक प्रविधियुक्त ल्याब नेपाली सेनाको स्काई ट्रकमार्फत बुधबार धनगढी पु¥याइएको छ ।


कोरोनाको स्वाब परीक्षणाका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा स्थापना गरिएको प्रयोगशालामार्फत परीक्षण कार्यमा ढिलाई हुन थालेपछि बढी क्षमताका ल्याब धनगढी ल्याइएको
सामाजिक विकास मन्त्रालयले जनाए । थप गरिएको प्रविधि युक्त ल्याब सञ्चालन भएको खण्डमा तीन घण्टामा ९६ जना र दिनमा चार सयको परीक्षण गर्न सकिने बताइएको छ ।
काठमाडौंस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटनरीको प्रयोगशालामा स्थापना गरिने बताइएको छ । सोही स्काई ट्रकमार्फत मंगलबार संकलन गरिएका थ्रोट स्वाबको नमूना काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्