Logo
Logo

सरकार आफनो निर्णयबाट पछि हट्यो : ‘सवारीसाधन चल्ने निर्णय भएको छैन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘लकडाउन’का कारण अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर जान दिइने सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन् ।
तर, त्यसअघि कोरोना संक्रमण जोखिम कम हुँदै गएको भन्दै शुक्रबार र शनिबार उपत्यकामा रोकिएका सर्वसाधरणलाई उपत्यका बाहिर जान दिने निर्णय गरिएको समाचार विभिन्न सञ्चारमाध्यममा आएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले उक्त निर्णय गरेको थियो । सो सम्बन्धमा निर्णय भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि मन्त्री नेम्वाङले यस विषयमा निर्णय नभएको प्रष्ट पारे । ‘लकडाउन’को समयमा जनताले दुःख पाइरहेकाले यस किसिमको सुझाव आउनु स्वभाविक भएको उनले बताए ।
आफूले पनि सञ्चारमाध्यमबाट सयौँ किलोमिटर हिँडेरै घर जान लागेको जानकारी पाइरहेको उनले बताउँदै आगामी ३ वैशाखसम्म लकडाउन भएकाले त्यसपछिको अवस्था हेरेर थप निर्णय गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्