काठमाडौं, ३ बैशाख ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौका एक्सरे टेक्निसियन राज कुमार ढकालसँग दुई करोड भन्दा धेरै अकुत सम्पत्ति रहेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमती र अर्का एक व्यक्तिसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । ढकाल सुन तस्करीमा समेत संलग्न भएका कर्मचारी हुन् ।

अख्तियारको विज्ञप्तीमा भनिएको छ– निजको परीक्षण अवधिमा कुल आय भन्दा ब्यय बढी भएकोले निजले पेश गरेको सम्पत्ति विवरण निजको आर्थिक हैसियत भन्दा अस्वभाविक र अमिल्दो रहेको, निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, निजको नाममा रहेको बिभिन्न खाताबाट अस्वभाविक रुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको हुनाले निज राजकुमार ढकालको रु. २,००,०२८८६।६५ (दुई करोड दुई हजार आठ सय छ्यासी रुपैयाँ पैसठी पैसा) सम्पत्तिको वैद्य स्रोत खुल्न नसकेको हुँदा निजले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणी लामिछानेको नाममा चलरअचल सम्पत्ति लुकाई राखेको पुष्टि हुन आएकोले निज राज कुमार ढकालले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको देखिंदा निज राज कुमार ढकाललाई बिगो रु. २,००,०२८८६।६५ (दुई करोड दुई हजार आठ सय छ्यासी रुपैया पैसठी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरिवाना र कैद सजाय हुनसमेत मागदाबी लिई निज राज कुमार ढकालले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्ति तथा लगानी एवं घर निर्माण लागत लगायतका खर्चहरू भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको बिगो बराबरको एकाघर श्रीमती निरजरा घिमिरे, राममणी लामिछाने र आफ्नै नाममा राखिएको सम्पत्ति रोक्का राखी सो सम्पत्तिबाट असूल उपररजफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानूनबमोजिम राज कुमार ढकालबाटै असूल उपर गरी जफत गरी पाउनसमेत मागदाबी लिइएको छ ।
निज राजकुमार ढकालले आफ्नो श्रीमतीको नाममासमेत घर जग्गा खरिद, बैंक खाताहरुमा रकम मौज्दात रहेरभएको लगानी तथा खर्च गरेको पाइएको र एकाघर संगोलमा आफ्नो श्रीमानरपतिले लाएअह्राए अनुसार श्रीमतीले गर्नेनै भएको हुँदा निजको श्रीमती निरजरा घिमिरेलाई कसूरदार कायम गरी सजाय गर्न उपयुक्त नहुने हुँदा निज राज कुमार ढकालले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती निरजरा घिमिरेको नाममा राखेको हुँदा स्रोत पुष्टि हुन नसकेको सम्पत्ति तथा खर्च एवं लगानीको लागत मूल्य बिगो बराबरको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम बिगो जफत गर्ने प्रयोजनार्थ मात्र श्रीमती निरजरा घिमिरेलाई प्रतिवादी कायम गरिएको तथा निज राजकुमार ढकालले आफ्नो नाममा रहेको जग्गा लुकाउने छिपाउने उद्देश्यले राममणी लामीछानेको नाममा राखेकोमा राममणि लामिछानेले अनुसन्धानको क्रममा यथार्थ व्यहोरा खुलाई सहयोग गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मतियारको कसूर कायम गरी सजायको मागदाबी लिन न्यायोचित नदेखिएकोले निज राममणी लामिछानेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायतर्फ पूर्ण रूपमा छुट दिएको छ । तथापि आरोपी राज कुमार ढकालले गैर कानूनी सम्पत्ति राममणी लामिछानेको नाममा राखेको जग्गा र घर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जग्गारबिगो जफत गरी पाउने प्रयोजनको लागि मात्र निज राममणी लामिछानेलाई प्रतिवादी कायम गरी जफत गरिपाउन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ।












