Logo
Logo

‘साझा प्रयत्नबाट समस्या समाधान गर्न सुझाव दिएको हुँ’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको बताएका छन् ।
उपाध्यक्ष गौतमले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटीलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका सुझाव र विचारलाई सम्मान गर्दै समाधान गर्न सुझाव दिएको स्पष्ट पारेका छन् ।
केही सञ्चारमाध्यमले आफू र प्रधानमन्त्री ओलीबीच शनिबार दोहोरो भनाभन भएको भन्ने समाचार सम्प्रेषण भएकामा आश्चर्य व्यक्त गर्दै गौतमले पार्टीको सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको आइतबार जारी हस्तलिखित विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘प्रधानन्त्रीले धैर्यपूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु’ गौतमले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्