
काठमाडौं, १५ बैशाख । विराटनगरबाट आएका यात्रुलाई उतै फर्काइएको छ । लकडाउको यो अवधिमा विरामीबाहेकलाई काठमाडौं भित्राउने नीति नभएको भन्दै १६० जना भन्दा बढीलाई जताबाट आए उतै फर्काएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको हो । विराटनगर महानगरले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन आइतबार सात वटा बस पठाएको थियो । उक्त बसमा विराटनगरमा अलपत्र परेका र काठमाडौं जान चाहनेहरुलाई पठाइएको थियो । तर, उनीहरुलाई प्रहरीले थानकोटमै रोकेको थियो । विराटनगरबाट आएकी यात्रुहरु थानकोटामा सोमबार दिनभरी अलपत्र परेका थिए ।
विराटनगरबाट पठाइएका यात्रु काठमाडौंमा प्रवेश नदिइएपछि विराटनगर महानगरपालिकाले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छ । गृहमन्त्रालयले लकडाउनमा कडाइ गर्न निर्देशन दिइएसँगै सोमबार बिहान विराटनगरबाट आएका यात्रुलाई रोक्न काठमाडौका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत आफै यात्रु रोक्न थानकोट पुगेका थिए ।












