Logo
Logo

खर्च कटौती योजनाः प्रहरी र कर्मचारी भर्ना स्थगित


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, १९ बैशाख
खर्च कटौतीका लागि सरकारले कर्मचारीको नयाँ भर्ना तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । बैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ भर्ना र परीक्षा रोक्न लोक सेवा आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो ।


यो आग्रहनुसार करिब दुई हजार पदका लागि लोक सेवा आयोगले अघि बढाएको प्रक्रिया रोकिएको छ । मन्त्रिपरिषद्ले अर्काे निर्णय नगरेसम्मका लागि भर्ना रोकिने भएको छ । जसअनुसार निजामती मात्र नभई सेना÷प्रहरी तथा अन्य संगठित संस्थाहरुमा नयाँ भर्ना समेत रोकिने भएको छ ।

बिज्ञापन भइनसकेका तथा विज्ञापन भएर पनि परीक्षा सञ्चालन हुन भइनसकेका पदपुर्ती कार्य अर्काे व्यवस्था नभएसम्म हाललाई स्थगित गर्न आग्रह गर्ने निर्णय भएको अर्थ तथा सञ्चारमन्त्री मन्त्री युवराज खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । स्रोतका अनुसार खर्च कटौतीका लागि भर्ना प्रक्रिया रोक्न भनिएको हो । ‘एक हजार भन्दा धेरै खरिदार भर्ना गर्न लागिएको थियो,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले भने,‘भर्ना रोक्दा सरकारको खर्च जोगिने भएकाले भर्ना तत्काल रोक्न लागिएको हो ।’ सकेसम्म अहिलेकै कर्मचारीबाट काम चलाउन भर्ना रोक्न लागिएको हो ।

त्यस्तै संघ,प्रदेश तथा स्थानीय तहले कुनै पनि नयाँ दरबन्दी थप पनि रोकिएको छ । यसका लागि अत्यावश्यक अवस्थामा बाहेक अन्यमा संगठन तथा व्यवस्थापन सर्वेक्षण स्थगित गर्ने निर्णय समेत भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै प्रस्तावमा यस्तो निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्