Logo
Logo

नेपालगञ्जमा फेरि ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ बैशाख । बाँकेको नेपालगञ्जमा आइतबार साँझ फेरि ६ जनामा कोरोना पुष्टि भएको छ । यसअघि आइतबार नै नेपालगञ्जमा ९ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नेपालगन्जमा पाँच पुरुष र चार महिला गरेर ९ जनाका कोरोना पोजिटिभ देखिएको जानकारी दिएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । तीमध्ये अहिलेसम्म १६ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्