Logo
Logo

हैजा संक्रमितको संख्या ४७ पुग्यो, सबैभन्दा धेरै ललितपुरमा


504
Shares


काठमाडौं । पछिल्लो समय नेपालमा हैजा संक्रमितको संख्या बढ्दै गइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्याङ्कअनुसार १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको हो ।

इडीसीडीका अनुसार ९ अगष्टसम्म पाँच जिल्लाका ४७ जनामा हैजा पुष्टि भएको तथ्यांक छ । ललितपुरमा सबैभन्दा धेरै ३४ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै, काठमाडौंमा दुई, कैलालीमा आठ, प्युठानमा दुई र रुपन्देहीमा एकजनामा हैजा पुष्टि भएको छ । संक्रमित हुनेमा २० महिला, २७ पुरुष र १४ वर्षमुनिका आठ जनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000