
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई छलफलका लागि बोलाएको छ ।
आइतबार बसेको समितिको बैठकले भ्रष्टाचार निवारण ऐनमा छलफल गर्न गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई साउन ३१ गते बोलाएको छ ।
समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्री, मुख्यसचिव, अख्तियार प्रमुखदेखि पदाधिकारी र प्रवक्तालाई भ्रष्टाचार निवारण ऐनको विषयमा छलफलका लागि बोलाइएको जानकारी दिए ।














