Logo
Logo

एमालेका पूर्वमन्त्री र सोताङ गाउँपालिकाका पूर्वअध्यक्षसहित ११ जना जुवाडे पक्राउ


19.2k
Shares

काठमाडौँ । नेकपा एमालेका पूर्वमन्त्रीसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा छन् ।

प्रहरीले जुवा खालबाट १ लाख नगद बरामद गरेको छ । शनिबार पक्राउ गरेर प्रहरीले उनीहरूको बयान लिइसकेको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्