Logo
Logo

कांग्रेस बैठक जारी, ११ बुँदे प्रस्तावमाथि छलफल


567
Shares

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा भएको बैठकमा आज केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, डा नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवविक्रम शाहले धारणा राखेका थिए ।

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु डा चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, प्रा डा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयबाबु शिवाकोटी, भीम पराजुली, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सिना र शान्ति परियार विकले धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि साउन २८ गते सोमबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्