- जानु पाण्डे
कपिलवस्तु, २९ बैशाख । कपिलवस्तुको बुद्धभुमि ७ मानपुरका कोरोना संक्रमित युवा भारतबाट सामुहिक यात्रा गरी आएको खुलासा भएको छ । उनीहरु भारतको नासिकबाट आएका थिए । नासिकबाट ४२ जनाको समूहमा यात्रा गरेका थिए ।

४२ जनामध्ये २२ जना मिनी पिकअपको ढालामा बसेर आएका थिए । उनीसहित २२ जना सो गाडीको पछाडि बसी यात्रा गरेको पाइएको छ । प्रतिव्यक्ति २१ भारु तिरेर यात्रा गरेका उनी भारतको २ स्थानमा बनाइएको क्वारेन्टाइनमा समेत बसेका हुन् ।
‘हामी ४० दिन क्वारेन्टाइनमा वसियो । भारतको २ स्थानमा २८ दिन बस्नु पर्यो । नेपाल आएपछि गोरुसिँगेमा बसियो । अहिलेसम्म घर देख्न पाइएको पनि छैन । सुरुमा भारतको तुलसीपुरस्थित क्वारेन्टाइनमा १४ दिन बसेर आएको थिएँ । त्यसपछि हामीलाई डुमनैयास्थित चौधरी ईनटरनेशनल कलेजमा १४ दिन क्वारेन्टाइनमा राखियो’ उनले भने, ‘त्यसपछि नेपाल आएका थियौँ । हामी २ भाई भारतबाट आएका हौँ । नासिकमा काम गर्ने गरेका थियौँ । हामीसँग ४२ जनाको समूहमा आएका थियो । मलाई थाहा भएसम्म वुद्धभुमि ७ ईमिलिया, कपिलवस्तुको विठुवाका साथीहरु पनिसँगै आएको थियो । केही साथीहरु यही क्वारेन्टाईनमा बसेका छौँ । अरु कहाँ हुनुहुन्छ, थाहा छैन ।’
उनीहरु बैसाख १३ गते नेपाल आएको रेकर्ड देखिएको छ । कृष्णनगर नाका हुँदै छिरेपछि ईलाका प्रहरी कार्यालय गोरुसिँगेको टोलीले घर नपुग्दै नियन्त्रणमा लिई क्वारेनटाइनमा लगेको थियो । वुद्धभुमि नगरपालिकाले चोर बाटो हँुदै नेपाल भित्रिएपछि खोजी गर्दै क्वारेन्टाइनमा राखेको थियो ।
यता वुद्धभुमि १० का एक युवा मुम्बइबाट नेपाल आएका थिए । उनी मम्वईबाट लखनउसम्म गाडीमा यात्रा गरेर आएको बताए । ‘हामी एउटै गाडीमा १५ जना आएको गाडीमा भारतीय नागरिक समेत रहेको थियो’ उनले भने । लखनउबाट उनी सिमासम्म हिँडेर यात्रा गरेका थिए । उनले मुम्वईबाट घरसम्म आउँदा १९ दिन लागेको बताए ।












