Logo
Logo

कोरोनो संक्रमण तिव्र गतिमा, नेपालमा सञ्चारकमी र स्वास्थ्यकर्मीमा पनि देखियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० बैशाख ।
नेपालमा कोरोना संक्रमण तिव्र गतिमा बढेको छ । समुदायमा फैलिएको कोरोना पहिलोपटक स्वास्थ्यकर्मीमा समेत देखिएको छ ।

प्रदेश ५ को कापिलवस्तुमा मंगलबार संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन् ।

कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया उनी जिल्ला अस्पतालमा कार्यरत छन् । उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन ।

तौलिहवाकै बासिन्दा उनी घरबाटै अस्पताल आउनेरजाने गरेकी थिइन् । यसअघि अस्पतालका केही स्वास्थ्यकर्मीसँगै उनको पनि स्वाब परीक्षणका लागि पठाइएको थियो ।

उनमा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको परीक्षण गर्ने तयारी भएको बताइएको छ । संक्रमण स्वास्थ्यकर्मी सम्मै पुगेपछि कपिलवस्तुका पत्रकार पनि त्रसित छन् । हरेक दिन कोरोनाको रिपोर्टिङ गर्न सीमानाकाहरूमा पुगेका पत्रकारहरू पनि सेल्फ क्वारेन्टाइनमा बस्ने तयारी गरिरहेका छन ।

कपिलवस्तुमा मंगलबार दिउँसो पुष्टि भएका संक्रमितहरू कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १र१ जना रहेका छन्। उनीहरू १९ वर्षदेखि ३६ वर्षसम्मका छन् । यता मंगलबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीका नौ जना लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दा भएको खुलेको छ ।

संक्रमितहरूमध्ये वडा नंं ११ का ३ जना, वडा नंं १२ का २ जना, वडा नंं. ७ का २ जना, वडा नंं. ५ का १ जना र वडा नंं ४ का १ जना छन् । उनीहरू १७ देखि ५० वर्ष उमेरका पुरुष हुन् ।

उनीहरू लकडाउनको समयमा भारतको मुम्बई र कानपुरबाट नेपाल–भारत सीमा क्षेत्र दशगजासम्म आइपुगेका थिए ।
मंगलबार नै वीरगञ्जमा चार सञ्चारकर्मीलाई समेत कोरोना भएको थियो ।
मंगलबार मात्र नेपालमा ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्