Logo
Logo

दुई प्रतिशत ब्याज घटाउने बैंकहरुको निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ ।
नेपाल बैंकर्स संघले चालु आर्थिक वर्षको चौथो त्रैमासको ब्याजबैंकको ब्याज २ प्रतिशत घटाउने निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
संघको बुधबार बसेको पूर्ण बैठकले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

Nepal Banks Interest rate

दाहालले भने, “बैंकर्स संघले वैशाखबाट निक्षेपको ब्याज घटाएर जेठबाट कर्जाको ब्याज घटाउने निर्णय गरेर अघि बढिसकेको अवस्थामा आएको राष्ट्र बैंकको निर्देशन हामीले पालना गर्ने भएका छौं ।” दाहालले अनपेक्षित रूपमा २ प्रतिशत बिन्दुले ब्याजदर घटाउन निर्देशन आएको दाबी गरे । दाहालको भनाइ छ, “राष्ट्र बैंकले त्यस्तो निर्देशन नदिएको भए हुन्थ्यो तर दिइहाल्यो । निर्देशन नमान्ने त कुरै हुँदैन ।”

यसअघि राष्ट्र बैंकको उक्त निर्देशनसँगै बैंकरहरूले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्