Logo
Logo

मन्त्रालयले सच्चायो विवरण, संक्रमितको संख्या २४५ मात्रै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ । नेपालमा यो समाचार तयार पर्दासम्म कारोना संक्रमितको संख्या २४५ मात्र रहेको छ । यसअघि संक्रमितको संख्या २५० पुग्यो भन्ने समाचारमा त्रुटी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको अध्यावधिक विवरण सच्याएको छ । बिहीबार बिहान जारी गरेको विवरण त्रुटीपूर्ण भएकाले सच्याइएको मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अधिकारीले आज बिहान पाँच जना नयाँ संक्रमित थपिएको भनेर विवरण दिएका थिए । त्यसपछि सञ्चार माध्यममा नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको समाचार आएको थियो । तर, बिहीबार बिहान सवा १० बजे पुन अर्को जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो अध्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु ।’ त्यसैले अहिलेसम्म नेपालमा २४५ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।
धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना संक्रमित पाइएको पुष्टि ३१ बैशाखमै जारी अध्यावधिक विवरणमा उल्लेख थियो । मन्त्रालयले मंगलबार जिल्ला र उमेर मात्रै कोड गरेर विज्ञप्ती निकालेको थियो ।

 

आज बिहान जारी गरिएका फरक फरक विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्